बुटवल । तीन दिनदेखि बेपत्ता भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।
६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारलाई सम्पर्क गरेका थिए। सम्पर्क गरेको क्षेत्रबाटै उनको शव फेला परेको एसपी भट्टले बताए।
पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।
सिंह २०७४ सालमा कपिलवस्तु नगरको मेयरमा कांग्रेसबाट निर्वाचित भएका थिए।
प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार


