काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।
२८ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४७५ रुपैयाँमा झरेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ६०५ रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार


