काठमाडौं । नेकपाका नेता हिमाल शर्माले लोकतन्त्रमा प्रतिबन्धको कुरा आश्चर्यजनक भएको बताएका छन्।
विद्यार्थी एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै फेरी समग्र विद्यार्थी सङ्गठनहरूबीच दरिलो एकताको खाँचो रहेको बताए।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले भनेका छन्, ‘हर पल प्रतिपक्ष आवाज हो विद्यार्थी समुदाय । लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा गर्विलो इतिहास छ विद्यार्थी आन्दोलनको ।’
२०२१ सालको पञ्चायती निरंकुशतालाई तोडेर विद्यार्थीहरूले स्ववियु खोल्न पाउने अधिकार स्थापित गरे देखि निरंकुशकालमा संगठन र स्ववियुमाथि लगाइएको पटक पटक प्रतिबन्धको शृङ्खलाका पहाडहरू भत्काएको इतिहास रहेको उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘जनयुद्धकालमा अखिल क्रान्तिकारीलाई प्रतिबन्ध र विद्यार्थी नेताहरूका टाउकाको मूल्य र रेड कर्नर नोटिस जारी हुँदा समेत हरेक शिक्षण संस्थामा संगठन हराभरा गरिएकै थियो सरकारका त्यस्ता कदमले त प्रतिबन्धित नभएको विद्यार्थी संगठन आज हठात् बालेन सरकारले भन्दैमा सङ्गठनहरू कदापि प्रतिबन्धित हुँदैनन्।’
विद्यार्थी सङ्गठनहरूले कमीकमजोरीहरूबाट शिक्षा लिने र आफूहरूलाई नयाँ परिभाषामा रूपान्तरण गर्नुपर्ने उनको राय छ।



