अधिकांश ठाउँमा वर्षा, कहिले हुन्छ मौसम सुधार ?

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको कारण विभिन्न भूभागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली,गण्डकी, लुम्बिनीको धेरै भूभागमा र कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगमा मध्यम खालको वर्षा भइरहेको छ।

भने मधेश प्रदेशको थोरै ठाउँमा मेघगर्जनसहितको चट्याङ, हावाहुरी र असिनापानीको परिरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

देशैभरको मौसममा बदली आएको उनले जानकारी दिए । उनले प्रिमनसुनको समय भएकाले सावधानी अपनाउन आग्रह गरे ।

भोलि पनि मौसममा सुधार नहुने महाशाखाले जनाएको छ ।

भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा वर्षा र हिमपाताको सम्भावना रहेको उनले जानकारी दिए ।

मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस