काठमाडौं– स्थानीय बजारमा आज फेरि सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिन तोलामा १४ हजार ५०० रुपैयाँले बड्दै ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः ९ हजार ५०० रुपैयाँले घट्न पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६२० रुपैयाँले घट्दै ४ हजार ९८० रुपैयाँमा झरेको छ । अघिल्लो दिन २६५ रुपैयाँले बढ्दै चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार


