काठमाडौं– आगामी २१ फागुनमा हुन लागेको मध्यवाधि निर्वाचनको उम्मेदवार छनौटको जिम्मेवारी सह–महामन्त्री विपिनकुमार आचार्यलाई दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ।
रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई यसबारे थप जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मीनष झाले जानकारी दिए।
यसअघि उनी उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयार पार्ने जिम्मेवारीमा थिए। त्यसलाई सफलतापूर्वक पूरा गरेको भन्दै उम्मेदवार छनोटको पनि जिम्मेवारी दिएको हो।
आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा सबै प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।
प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बिहिवार


