तोलामा २९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार

सोमबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन आइतबार प्रतितोला दुई सय रूपैयाँ मूल्य बढेर दुई लाख ३८ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

सोमबार थप दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार ५ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। सोमबार १७ डलरले मूल्य बढेर प्रतिऔंस ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा सोमबार चाँदीको मूल्य भने घटेको छ। अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५० रूपैयाँले मूल्य घटेपछि तीन हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार एक तोला चाँदीको मूल्य ३ हजार १५ रूपैयाँ रहेको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस