सुन तोलाको साढे २ लाख कट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो ।

बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस