सुन–चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं– सुनको मूल्यले मंगलवार नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

सोमवारका दिन छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको सुन(चाँदी व्यवसायीहरुको भनाइ छ ।

यसैबीच, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य बढेर प्रति तोला २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस