सुनको भाउ फेरि बढ्यो, आज कति?

काठमाडौँ– सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ। यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ।

शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ। शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस