काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा २ हजार ५ सय रूपैयाँले बढेर २ लाख ३३ हजार १ सयमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि आइतबार सुन तोलामा ७ हजार ४०० रूपैयाँले बढेर २ लाख ३० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रूपैयाँले बढेर चाँदी २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार


