१२ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । हिजो बिहिबार तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार २ सय रुपैयाँले वृद्धि भएको छ ।

यस दिन प्रतितोला सुन २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउने नयाँ रेहर्ड राखेको छ । यस दिन प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले वृद्धि भएर २ हजार ७४० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस