तोलामा एक हजार १०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस