सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं कारोबार दिन (बिहीबार) स्थानीय बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारकै मूल्यअनुसार आज सुनको किनबेच भइरहेको छ भने चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँको दरले किनबेच भइरहेको छ भने चाँदी २ हजार ३१५ रुपैयाँको दरले किनबेच भइरहेको छ ।

बुधबार पनि यही दरमा सुनको कारोबार भएको थियो भने चाँदीको मूल्य १० रुपैयाँको दरले बढेको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३७८ डलरमा किनबेच भइरहेको छ भने चाँदी ३८ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको हो ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस