काठमाडौँ – भुटानमा हुने एएफसी यू –२० महिला एसियन कप छनोटका लागि भुटान प्रस्थान गर्ने टोलीलाई बुधबार बिदाई गरिएको छ। दशरथ रंगशालामा नेपासी टोलीलाई बिदाई गरिएको हो। आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली भुटान प्रस्थान गर्न लागेको हो।
यही साता यु २० नेपाली महिला टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका थिए। प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन् ।
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार


