११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ११ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुन १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस