सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदी मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २३ सय ५० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस