विजौरी । नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको आयोजनामा विजौरी वजारमा सरसफाई गरेको छ ।
विजौरी वजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरेको थियो । उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो ।

यो समयमा डेंगु रोग लाग्ने भएकोले आफ्ना पसल तथा घरअगाडी सफा वनाउन समेत आग्रह गर्नुभएको थियो । हेमन्तपुर प्रहरी चौकी, टोल सुधार समिति, मिलिजुली टोल विकास समिति, माल विजौरी, व्यावसायी लगाएतको सहभागी थियो ।

वजारमा अत्याधिक फोहर भएकोले र वर्षायाम पनि आएकोले वर्षायामको समयमा लाग्ने रोगवाट वच्नका लागि यो सचेतनामूलक सरसफाई कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा सचिव मुकेश वलीले जानकारी दिनुभयो ।

(भिडियो सहित)
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार


