सुनको मूल्य लगातार गिरावट, आज पनि घट्यो

सुनको मूल्यमा आज पनि गिरावट आएको छ। मंगलबार प्रतितोला एक हजार सातसय रुपैयाँले घटेको सुनको मूल्य आज एक हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुन तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको छ।

हिजो सुनको मूल्य एकलाख ९३ हजार पाँचसय रुपैयाँ थियो। गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार प्रतितोला पाँचसय रुपैयाँ बृद्धि भएको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस