जापानद्वारा नेपाललाई ८१ रनको लक्ष्य, शुभमको ५ विकेट

एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि ८१ रनको लक्ष्य पाएको छ । नेपालले जापानलाई ८० रनमा रोक्कै ८१ रनको सामान्य लक्ष्य पाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बाँयाहाते स्पिनर शुभम खनाल एक्लैले ५ विकेट लिए । त्यस्तै अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू–१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस