सुनको मूल्य एकै दिन १७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस