फिफा क्लब विश्वकपमा युभेन्ट्सले अल ऐनलाई हरायो

काठमाण्डौ – फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्ट्सले संयुक्त अरब इमिरेट्स (यूएई) को क्लब अल ऐनलाई पराजित गरेको छ ।

अमेरिकामा चलिरहेको प्रतियोगिताको समूह ‘जी’ अन्तर्गत आज बिहान भएको खेलमा युभेन्ट्सले अल ऐनलाई ५–० गोलले हराएको हो ।

जीतसँगै समूह ‘जी’ मा रहेको युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यही समूहमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पनि रहेको छ । सिटीले गएराति भएको खेलमा क्लब वायडाडलाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस