सुनको मूल्य तोलामा १३ सयले बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी अघिल्लो दिनकै मूल्यमा खरिद बिक्री भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सनु तोलामा १ लाख ९० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस