सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेको छ । यसअघि शुक्रबार तोलामा २१ सय ५० रुपैयाँ कायम भएको चाँदी आइतबार २१ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस