घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । लगातार वृद्धिका बिच बिहीबार प्रतितोला १ हजार ७ सय रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३१३ डलरमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस