सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस