देउवाको पार्टी बैठकमा ब्रिफिङ– गभर्नर नियुक्ति सहमतिमै छिट्टै हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् ।

शुक्रबार बिहान बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

बैठकपछि डा. महतले भने– ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ । व्यवसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं । त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’

कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा खाली भएको एक महिनासम्म पनि गभर्नर नियुक्त हुन नसक्दा सरकारको आलोचना बढेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस