सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको हो ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार


