सुनको मूल्य घट्यो,चाँदी स्थिर, एक तोला किन्न कति रकम चाहिन्छ ?

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको हो।

बिहीबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस