काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटवार्ता भएको छ ।
गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटवार्ता भएको हो ।
सो भेटवार्ता मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बताइएको छ । सो भेट वार्ता पछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार


