सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस