काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य एकै दिन पाँच हजार सात सय रुपैयाँले बढेको छ।
पछिल्लो केही दिनदेखि घटिरहेको सुनको मूल्य आज एक्कासी तोलामा ५७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि हिजो सुनको मूल्य तोलको एक लाख ७५ हजार चार सय रुपैयाँ थियो।
यस्तै हिजो १८ सय ३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलाको १९ सय रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार


