आईपीएलमा आज लखनऊ र मुम्बई भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा लखनऊ आफ्ना तीनमध्ये एक खेलमा जित निकाल्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौँ नम्बरमा छ।

दुवै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछन्। यसअघि गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरुद्ध ८० रनको फराकिलो जित निकालेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस