बढ्यो सुनको मूल्य,आज कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १० रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस