१४ सयले बढ्यो सुनको भाउ, कित पुग्यो ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सय र चाँदीको मूल्य तोलाको २५ रूपैयाँले वृद्धि भएको हो ।

आज सुन तोलाको एक लाख ६९ हजार ५ सय रुपैयाँमा उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सोमबार एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलाको १ हजार ९ सय ४० पैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ९ सय २५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस