सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो। आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस