बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस