सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १ हजार १००रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस