मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा तीन चौकासहित सर्वाधिक २५ रन जोडिन् । अलिशाकुमारी यादवले ९ बलमा चार चौकासहित अविजित रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतका लागि पारुनिका सिसोदियाले ४ ओभरमा १२ रन दिएर सर्वाधिक चार विकेट लिइन् ।
प्रतियोगितामा समूह ‘बी’ मा रहेका भारत र नेपाल लगातार दोस्रो जितको खोजीमा छन् । दुवै टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई हराएका थिए । नेपाल र भारत एक खेलअगावै सेमिफाइनल पुगिसकेका छन् ।
समूह ‘बी’ कै पाकिस्तान भने लगातार दुई खेलमा बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा एसियाका ६ टोली सहभागी छन्, जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् ।


