प्रतितोला २१ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । प्रतितोला दुई हजार १०० रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज बढेर एक लाख ५२ हजार २०० पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस