बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस