सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ५ सय रूपैयाँले बढेर १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस