सुनको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ।

शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस