सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो ।

बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो । बिहीबार भने ७०० रुपैयाँ घट्दै १ लाख ६६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस