दाङ — कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरेका छन् । ढकाल प्रदेशसभामा रुपन्देहीबाट समानुपातिक सांसद हुन् ।
यसअघि बर्दिया २ (१) बाट निर्वाचित जन्मजय तिमिल्सिना प्रमुख सचेतक थिए । कांग्रेस–एमालेको गठबन्धन एपछि लुम्बिनीको आर्थिक मामिला तथा योजनामन्त्री बन्न नपाएपछि उनले साउन २१ गते प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए । दल नेता चौधरीले लामो समय उनको राजीनामा स्वीकृत गरेका थिएनन् । बुधबार तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गरी चौधरीले ढकाललाई नियुक्त गरेका हुन् ।
महिला नेतृत्वलाई नै अगाडी बढाउनुपर्ने आवाजलाई मध्यनजर गर्दै ढकाललाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको दल नेता चौधरीले बताए ।
प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार


