काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुनमा पाँच सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ।
आइतबार सुन तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ।
प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार


