सुनको मूल्य तोलामै करिब एक लाख ६० हजार पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै करिब एक लाख ६० हजार नाघेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५९ हजार २ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५९ हजार ७ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस