दाङ : दाङ जिल्ला फोटोग्राफर एशोसियसनको २४ औं स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। २४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बिपि चोकमा मङ्गलबार तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला फोटोग्राफर एशोसियसन, दाङका उपाध्यक्ष नारायण विकले जिल्ला फोटोग्राफर एशोसियसनले २४ औं स्थापना दिवस मनाइ रहँदा यस भित्र थुप्रै अवसर सँगसँगै चुनौती रहेको बताए ।
आज २१ औ शताब्दीमा अझ भन्ने हो ? भने डिजिटल युगमा पनि व्यवसायिक माथि सीप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथि असहज परिस्थिति सृजना भएको बताउँदै अबका दिनमा एशोसियसनले सम्पूर्ण व्यवसायीहरूलाई एकरूपता गराउँदै अहिलेको युगमा व्यवसायीहरूलाई अझ माथि उठाउनको लागि सीप परिक्षण, क्षमता अभिवृद्ध जस्ता तालिम चालन गर्ने बताए ।
एशोसियसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जिएको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर यशोसियसनका सदस्य पहल सिंह बूढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मीनराज वली , सचिव शशिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्यहरूको सहभागी रहेको थियो, भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङका सचिव मिसन सुनारले गरेका थिए ।


