सुन–चाँदीको मूल्य स्थिर

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार छापावाला सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस