दाङ : दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए।
मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पुर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार


